महामारीले कसरी हामीलाई साहसिक पियक्कड बनायो ?

बेलायत । साम कुपरको मदिराको व्यापार इन्टरनेट भेटेको मध्ययुगीन समयको जस्तै छ । पश्चिम वेल्सको सेरेडिजिओन क्षेत्रमा उनले पुरस्कृत मिड बनाउँछ । मिड भनेको मह र पानीलाई कुवाएर बन्ने मदिरा हो । मिडलाई आवश्यक मह प्रदान गर्न कुपर आफैँ व्यावसायिक मौरीपालक हुन् । वेल्सभरि उनका ५० ठाउँमा पाँच सय भन्दा धेरै चाकाहरू छन् । वेल्सको स्थानीय भाषामा मह नदी अर्थ लाग्ने ‘आफोन मेल’ नामको उनको मिड सन १९९९ बाट बन्न सुरु भएको उनी बताउँछन् । त्यसको व्यापार कोरोना भाइरस आएसँगै बढेको छ ।

‘प्रथम बन्दाबन्दीबाटै हामीले इन्टरनेटबाट आएको धेरै माग आएको देखेका छौँ’, कोपर भन्छन्, ‘र, यो अहिलेसम्म हटेको छैन । धेरै मान्छेहरूले मेडलाई मध्ययुगीन समयसँग जोड्ने गर्छन्  र यो एक प्राचीन मदिरा हो । तर, यसलाई अहिले बढीभन्दा बढी युवाले खाइरहेका छन् ।’

कोरोना भाइरसको सुरुवातसँग खासगरी दुई मुख्य महामारी मदिरा आदत देखिएका छन् । कि त हामीले घरमै थन्किएको मौकामा ज्यादै थोरै मदिरा पियौँ, कि त पब र रेस्टुरेन्ट जान नपाएपछि आफ्नो पिउने आदत कम गर्‍यौ । तर, महामारीको मदिरा सेवन बारेमा थोरै रिपोर्ट भएको चाहिँ के हो भने महामारीले हामीमध्ये धेरैलाई ‘साहसिक पियक्कड’ बनाएको छ । चलनचल्तीका मदिराभन्दा नसुनिएका र नचिनिएका मदिराको अस्वाभाविक व्यापार बढेको छ । यो प्रचलनले एटलान्टिक महासागर समेत पार गरेको छ । अमेरिकाको म्यानहटन, न्यू योर्कमा  पार्क एभेन्यू लिक्वरमा स्टोर सबैभन्दा पहिलोपटक सन १९३४ मा खोलिएको थियो । त्यसको एक वर्ष अगाडिसम्म अमेरिकामा प्रतिबन्ध थियो ।

यो पारिवारिक व्यवसायको अहिलेका मालिक जोनाथन गोल्टेनसँग महामारीसँगै बढेको नयाँ पिउने बानीका बारेमा आफ्नै बुझाइ छ । ‘जब सबै बारहरू बन्द भए, मान्छेहरू घरमै थन्किएर बारटेन्डर वा ककटेल मिक्सोलोजिस्ट भए र उनीहरू सबै सृजनशील भए’, उनी भन्छन्, ‘उनीहरूले नयाँ प्रयोग गर्न चाहे र हामीले अस्वाभाविक रूपमा अनलाइन मागहरू बढेको पायौँ । हाम्रो रक्सी पसलहरूमा ‘पिनट बटर’ वा ‘बनाना फ्लेभर्ड ह्विस्की’हरू अचानक लोकप्रिय भए । यस्तै लोकप्रिय भए फलफूलका रक्सी र अन्य विभिन्न फ्लेभरका रक्सीहरू ।’

तर के गोल्डटनका ग्राहक विश्व बिस्तारै र आशावादी रूपमा सामान्य अवस्थातर्फ फर्कँदा परम्परागत मदिरामै फर्किए त ? उनी भन्छन्, फर्किएका छैनन् । ‘हामी कता मदिरा ट्रेन्ड बढिरहेको छ भनेर तीक्ष्ण नजर लगाइरहेका हुन्छौँ र हामीलाई लाग्छ कि नयाँ साहसिकपना अगाडि जानेछ । क्राफ्ट बियर उद्योगको कारणले मान्छेले साना ब्रान्ड र नयाँ कुराहरू प्रयास गर्न थालेका छन् ।’

बेलायतमा पनि महामारीको सुरुवात भएसँगै अस्ट्रियन र ग्रिक वाइनको माग ह्वात्तै बढेको द वाइन सोसाइटी बताउँछ ।

‘सन १८७० मा द वाइन सोसाइटी स्थापना हुँदाको प्रारम्भिक उद्देश्यहरूमा चिन्दै नचिनेका वा बेलायतमा थोरैले मात्रै चिनेका रक्सी बनाउनु थियो’, सोसाइटीका सामाजिक सम्बन्ध व्यवस्थापक इवान मुर्रे भन्छन्, ‘यो अहिलेसम्म जारी छ र वाइन सोसाइटीका सदस्यहरू इच्छुक अन्वेषक छन् । पहिलो बन्दाबन्दीबाटै रक्सीको व्यापार बढेको छ र हाम्रा ग्राहकले परम्परागत रक्सीहरूमा आनन्द लिइरहेका थिए । फेरि पनि अन्वेषण अगाडि आएको छ । सबैभन्दा धेरै फाइदा लिने दुई देशहरूमा अस्ट्रिया र ग्रिस छन् ।’

ग्रिसको रक्सीको व्यापार सन् २०१९ मा पाँच लाख पाउन्ड थियो जुन सन् २०२० मा सात लाख पाउन्ड पुग्यो भने सन् २०२१ मा हालसम्म २० लाख पाउन्ड कटिसकेको छ । यस्तै गरी, अस्ट्रियन बोतलको पनि माग उस्तै बढेको छ । सन २०१९ मा ९ लाख पाउन्डको व्यापार हुनेमा सन २०२० मा १४ लाख तथा सन २०२१ मा हालसम्म २१ लाख पाउन्ड पुगेको छ । ग्रिस बियर लोकप्रिय हुनुमा गर्मी बिदामा ग्रिसमा जान नपाएकाहरूको एक कारण हुनु सक्छ । तर, अस्ट्रियाली व्यापार बढ्नुमा चाहिँ अचम्म भएको छ ।

वाइन लेखक तथा प्रशिक्षक जोन डोनेससँग वाइन उद्योगको शीर्ष योग्यता छ । लामो समयको बन्दाबन्दीले बहुसङ्ख्यक मान्छेलाई रक्सीका बारेमा पढ्न समय दिएको बताउँछ । उनी भन्छन्, ‘यस्तो सुन्ने उपभोक्ताहरू अहिलेसम्म थिएनन् ।’

बेलायतको दक्षिण पश्चिमको डेभोनमा रुस र गिम्मा वाकेहाम दम्पतीले युके रम बनाइरहेका छन् । उखुबाट चिनी बन्दा उब्रिएको मोलासेसबाट उनीहरूले यस्तो रम बनाइरहेका छन् । यो रम क्यारेबियन क्षेत्रसँग सम्बन्ध राख्छ । वाकेहामहरु यो रमको शुभेच्छुक थिए । त्यसैले उनीहरूले आफै बनाउने अभ्यास थालेका हुन् । सन २०१९ को अप्रिलबाट त बिक्री नै सुरु गरे । ‘सन् २०२० को मार्चबाट हामीले हरेक महिना २०० प्रतिशतको दरले बिक्री बढेको पाएका छौँ’, वाकेहाम भन्छिन्, ‘कोभिड अगाडि हामीले अनलाइनमा धेरै बिक्री गरेका थिएनौँ । महिनामा एक दुई बोतल मात्रै बिक्री हुन्थ्यो । त्यसपछि अचानक दोहोरो अङ्कको बिक्री हुन थाल्यो र त्यो बढेको बढ्यै गर्‍यो । हामी विज्ञापन पनि गर्दैनौँ । हामीले आफ्नो कथाहरू सामाजिक सञ्जालमै भन्दै आएका छौँ । मान्छेले यसै गरी जानकारी पाउँदै आएका छन् । हामीले सेतो, कालो र स्पाइस्ड रम बेच्दै आएका थियौँ तर महामारीपछि  हामीले ६० प्रतिशत अल्कोहल भएको स्ट्रोङ पाइनापल रम उत्पादनको अभ्यास गर्‍यौ । यो अहिले हाम्रो सर्वाधिक बिक्री हुने ब्रान्ड भएको छ ।’

उता वेल्समा कुपर परम्परागत र नयाँ फ्लेभर भएका नौ विभिन्न मेड बनाउँछन् । उनका मेडमा १३ प्रतिशत अल्कोहल हुन्छ । जुन कोठाको तापक्रममा रेड वाइन जस्तै सेवन गर्न सकिन्छ । उनी थ्रिसेसन मेड नामक ब्रान्ड पनि बेच्छन् । यो मेड निर्माताहरूमा हालसालै विकास भएको हो । उनीहरू ५ प्रतिशत मात्रै छन् र बियर जस्तै चिल्ड हुन र पिउन यो बनाइएको हो ।

‘हामी अहिले बर्सेनि ३० हजार लिटर दुवै प्रकारका मेड बेच्छौँ’, कुपर भन्छन्, ‘महामारीले साँच्चिकै हाम्रो पेयमा धेरै रुचि बढाएको छ । र, हामीले निश्चय नै ‘गेम अफ थ्रोन्स’देखी ‘भाइकिङ’ जस्ता टिभी सोहरूबाट प्रशस्त फाइदा पाएका छौँ किनभने त्यहाँ मेड पिइन्छ । यसले धेरैलाई यस पेसाको बारेमा जानकारी दिएर खान प्रेरणा दिएको छ ।’

बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *