प्रधान न्यायाधीशको राजीनामाको विकल्प छैन : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेता कोइरालाले प्रधानन्यायाधीश भएर पनि कार्य सम्पादन गर्ने अवस्था नरहेपछि उनको राजीनामाको विकल्प नभएको बताएका हुन् ।

‘अब उहाँ नै चिफ जस्टिस भएर कार्यसम्पादन गर्ने अवस्था छैन । त्यसैले उहाँको राजीनामाको विकल्प छैन‚’ उनले भने ।

प्रधान न्यायाधीश जबराले यो कुरा लम्ब्याएर आफू अझ विवादास्पद बन्नुभन्दा तत्काल राजीनामा दिएर नैतिक मूल्य कायम गर्नु श्रेयष्कर हुने नेता कोइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *