सरकारले फिर्ता लियो रेल्वे र संघीय निजामती विधेयक

काठमाडौँ । सरकारले प्रतिनिधि सभाबाट दुईवटा विधेयक फिर्ता लिएको छ । शुक्रबार (आज) बसेको प्रतिनिधि सभा बैठकबाट सरकारले रेल्वे विधेयक र संघीय निजामती सेवा विधेयक सरकार फिर्ता लिएको हो ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभाको बैठकमा राखेका थिए । मन्त्रिपरिषद्ले २०७८ साल असोज १९ गतेको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

रेल्वे विधेयक राष्ट्रिय सभाबाट अघि बढेको थियावे । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आइपुगेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभामा पेस भएको हो ।

अब प्रतिनिधि सभामा विधेयक फिर्ता लिने प्रस्ताव पारित भएको जानकारी राष्ट्रिय सभामा जानेछ । दुवै विधेयक प्रतिनिधि सभाको बहुमतले फिर्ता लिएको हो ।

विधेयकको विपक्षमा मतदान गरेका नेमकिपाका सांसद प्रेम सुवालले संसदमा आइपुगेको विधेयक फिर्ता लिने निर्णय प्रजातान्त्रिक हुन नसक्ने बताए । उनले विधेयक फिर्ता गरेर सरकारले अध्यादेश ल्याउन लागेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *