रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका निर्विरोध

काठमाडौँ । नेपाली कांग्रेसको रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् । शनिवार (आज) भएको अधिवेशनबाट रोका दोस्रो कार्यकालका लागि सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

अधिवेशनबाट उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन् ।  रोका कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन् । शनिवार नै भएको अधिवेशनबाट मुस्ताङमा पनि पौडेल समूहकै रोमी गौचन थकाली सभापतिमा चुनिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *