नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा हुनेछ ।

याे पनि : हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १-१ को बराबरीमा टुंगिएको थियो । बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

किरणले आइतबारको खेल खेलेमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए ।

थप : ८ वर्षपछि नेपाललाई अवसर

आज पनि ५ हजार १ सय दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्नेछन् । कोरोनाविरुद्धको दुवै खोप लगाएका र कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन् । दशरथ रंगशालामा सन् २०१५ को विश्व कप छनोटपछि नेपाल र भारतबीच बिहीबार पहिलो खेल थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *