भारतसँग बराबरीमा रोकियो नेपाल (तस्बिरहरू)

काठमाडौँ । नेपाल-भारत मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल भारतसँग १-१ को बराबरीमा रोकिएको छ ।

काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएपनि भारतले गोल फर्काउँदै खेल बराबरीमा रोकेको हो ।

नेपाली फरवार्ड अञ्जन विष्टले खेलको ३६ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भारतीय टीमका गोल कीपर गोल पोस्टभन्दा केही अगाडि आएको मौका छोपी उनले गोल गरेका थिए ।

त्यस्तै ५९ औँ मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएपछि खेल बराबरी भएको हो । सुनिल क्षेत्रीले प्रहार गरेको कडा सट बचाउने क्रममा किपर किरण चेम्जोङ लडेको मौकाको फाइदा उठाउँदै थापाले गोल फर्काएका हुन् ।

भारतसँग अबको खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *