हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडाैँ – नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेल हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि एडप्याड र हाम्रो पात्रो बीच सम्झौता भएको छ ।

विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्नेछन्।

कसरी हेर्ने फुटबलको लाइभ ?
अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सकिन्छ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुहोस् ।

यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ। त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्नुहोस् र ‘वाच नाव’ मा थिच्नुहोस् । यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिनेछ। सुरू भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ ।

प्रत्यक्ष प्रसारण यसरी हेर्नुहोस् : प्रत्यक्ष प्रसारण 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *