खुल्ने भए सिनेमा हल (तस्बिरहरू)

काठमाडौँ । लामो समयदेखि बन्द रहेका सिनेमा हलहरू सञ्चालनमा आउने भएका छन् । सरकारले पाँच महिनादेखि जारी गरेको निषेधाज्ञा खुकुलो पारेसँगै सिनेमा हलहरू संचालनमा आउने भएका हुन् ।

कोरोना महामारी आएसँगै प्रायः हलहरू बन्द भएका थिए । पहिलो लकडाउनको समाप्तिसँगै हलहरू खुलेको भएपनि धेरै सिनेमा भने चल्न सकेका थिएनन् ।

यो पनि : काठमाडौँका सिनेमा हल भोलिदेखि खुल्ने

अहिले सिनेमा हलहरू संचालन गर्नका लागि हल सञ्चालकहरू सरसफाइ र आन्तरिक सजावट गर्ने काममा व्यस्त छन् ।

चाबहिलस्थित ‘एफ क्यूब सिनेमाज्’का वित्तीय निर्देशक दिनेश श्रेष्ठले हल अर्को साताबाट संचालनमा आउने बताए । शुरुमै नयाँ नभए पनि विदेशमा चलेका‚ तर नेपालमा रिलिज नभएका हिन्दी तथा अङ्ग्रेजी सिनेमा चलाउने उनको योजना रहेको छ ।

शुरुमा कुल क्षमताको ५० प्रतिशतमात्र दर्शक राखेर सिनेमा हल खोल्ने पनि उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *