काठमाडौँका सिनेमा हल भोलिदेखि खुल्ने

काठमाडौँ । लामो समयदेखि बन्द रहेको सिनेमा हल खुल्ला गरिने भएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ‚ भक्तपुर‚ ललितपुर)का प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बुधबार बसेको बैठकले उपत्यकाका सिनेमा हल खोल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको जानकारी दिए ।

पराजुलीले स्वास्थ्य मापदण्डहरू पालना गरेर विभिन्न क्रियाकलाप सञ्चालन गर्न सकिने भन्ने मोडालिटीमा गएको बताए ।

‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौँ । स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *