आमालाई रुवाउँदै घर छाडेकी शान्तिश्री दर्शक रुवाएर चर्चित

काठमाडौँ । गायिका शान्तिश्री परियार पछिल्लो समय युट्यूब ट्रेन्डिङमा परिरहने गायिकाको रूपमा परिचित छिन् । उनका अधिकांश गीतलाई दर्शकले रुचाएका छन् । प्रकाश सपुतसँग गाएको ‘बोल माया’ गीतले उनलाई विश्वभरका नेपालीमाझ परिचित बनायो । सपुतकै अर्को गीत ‘गलबन्दी’मात्रै होइन‚ ‘हातैका पौँजाले’, ‘लाउन्न दाजै पिरती’, ‘छुट्नलाई पो रैछ क्यारे’ अनि अहिले जताततै चर्चामा रहेको गीत ‘कुरा बुझ्नपर्छ’ की यिनै गायिका शान्ति श्री अहिले श्रोताले सर्वाधिक रुचाइएकी गायिकाको सूचीमा छन् ।

सबै खाले गीतका लागि सुहाउने मानिने उनको स्वर दु:ख/पिर र वेदनाका गीतमा झन् जीवन्त लाग्छ । आफ्नै जीवनमा भोग्नुपरेका दुःखै दुःखको आरनमा गालेर उनले आफूलाई एक अनमोल हिराको रुपमा चम्काइरहेकी छन् ।

पढ्न नपाउनुको पीडा
पश्चिम रोल्पामा जन्मिएकी शान्ति श्रीको बाल्यकाल अभावमै बित्यो । उनलाई पढ्न धेरै मन थियो, धेरै पढ्न मन थियो । तर‚ धेरै सन्तान भएको परिवारमा जन्मनु, परिवारको आर्थिक अवस्था कमजोर हुनुजस्ता धेरै कारणले उनलाई धेरै मन लागेको धेरै पढ्ने सपना पूरा हुन सकेन । बुबा रोजगारीका लागि भारत जान्थे । आमा घरमै मेलापात र घाँस दाउरा गरेर परिवारको गर्जो टार्थिन् । अध्ययन बिचैमा रोकियो । चाहेर पनि धेरै पढ्न नपाएको गुनासो सँधैभरि रहिरह्यो ।

सबै खाले गीतका लागि सुहाउने मानिने उनको स्वर दु:ख/पिर र वेदनाका गीतमा झन् जीवन्त लाग्छ । आफ्नै जीवनमा भोग्नुपरेका दुःखै दुःखको आरनमा गालेर उनले आफूलाई एक अनमोल हिराको रुपमा चम्काइरहेकी छन् ।

सडक नाटक गर्ने क्रममा भेटिएका प्रकाश
शान्ति श्रीले पहिलोपटक सुनेको गीत नै लोक दोहोरी विधाको थियो । आफूलाई गाउन आउने/नआउने उनलाई थाहा थिएन‚ तर गाउन मनपर्थ्यो । उनी गुनगुनाइरहन्थिन् । एक पटक लोक गीत प्रतियोगितामा भाग लिइन् । पहिलो पटकमै उनी पहिलो भइन् । गाउँमा र वरपर पनि उनको चर्चा हुन थाल्यो । बिस्तारै राप्ति अञ्चलैभरिका लोक दोहोरी प्रतियोगितामा भाग लिन थालिन् ।

लोक दोहोरी मीठो गाउने गायिकाका रुपमा उनको चर्चा बढ्दै जाँदा यो चर्चा प्रकाश जिसीसम्म पनि पुग्यो । उनी नाटक पनि खेल्थिन् । कलाकारिताका सबै विधामा उत्तिकै सक्रिय शान्ति श्री सडक नाटकका लागि घरभन्दा केही परको गाउँमा पुगेकी थिइन् । त्यहीँ उनको भेट प्रकाशसँग भयो । अलिअलि दोहोरी पनि गाउने प्रकाशलाई शान्तिसँग गाउने रहर पनि रहेछ । दुवैले दोहोरी गाए । प्रकाशलाई शान्तिको गायनशैलीले थप प्रभावित बनायो ।

रोल्पा-काठमाडौँ यात्रा
यही भेटमा प्रकाशले शान्तिलाई ‘काठमाडौँ जाने भए दोहोरी साँझमा गीत गाउने काम खोजिदिने प्रस्ताव राखे । शान्तिले भर्खरै पढाइ छोड्नुपरेको थियो । मन लागेको काम गर्न नपाएको रन्को भएपनि प्रकाशको प्रस्तावले रुचिको क्षेत्र गायनका लागि ढोका खुलेझैँ भयो उनलाई । तर आमालाई मनाउन सहज थिएन । बुबा रोजगारीका लागि भारतमा थिए । आमाले कलिली छोरी‚ नचिनेको मान्छेसँग कहिल्यै नगएको ठाउँमा पठाउन मान्ने कुरै थिएन । तर‚ किशोरवयकी शान्तिको मनमा काठमाडौँमा गएर गीत गाउने सपनाले डेरा जमाइसकेको थियो । जसरी पनि गायिका बन्छु भन्ने अठोटका अघि आमाको असहमति पनि ठूलो कुरा भएन । उनले काठमाडौँ जाने निर्णय गरिन् । आमा रुँदै छोरीलाई नजा भन्ने, छोरी रुँदै रुँदै आमा र घर छाडेर हिँड्ने, बडो दु:खद र भावुक क्षण छिचोल्दै उनी अघि बढिन् ।

आखिर त्यही रुवाइ र बिछोडले नै शान्तिलाई बलियो बनायो । आमा र आफ्नो आँखाको आँसुमा नरोकिई त्यो दिन निस्किएकाले नै उनी आज एक चर्चित र लोकप्रिय गायिकाका रुपमा उभिन सकिन् । जसले बाआमालाई सुखको सास फेर्नेमात्र होइन‚ शान्तिश्री जस्तो प्रतिभा जन्माएकोमा गर्व गर्ने मौका पनि मिलेको छ ।

दोहोरी साँझमा काम
काठमाडौँ आएपछि प्रकाशले राजु क्षेत्री मार्फत शान्तिलाई ‘त्रिवेणी त्रिशुली’ दोहोरी साँझ नयाँ बसपार्कमा काममा लगाइदिए । बस्नका लागि उनीसँग एक दिदी र काकाको कोठा विकल्पको रूपमा थिए । उनी समय मिलेअनुसार जता सहज हुन्छ‚ त्यतै बस्ने गर्थिन् । दिउँसो त जसोतसो बाटो पहिल्याउँदै शान्ति काममा जाने गर्थिन् ।

तर‚ भर्खरै काठमाडौँ आएकी उनलाई मध्यरातमा बाटो ठम्याउन हम्मे हम्मे पर्थ्यो । ट्याक्सीमा काकाको घर खोज्दै जाँदा दिदीको घर पुगेको अनुभव पनि छ उनीसँग । ‘अँध्यारोमा सबै घर उस्तै लाग्थ्यो‚’ उनी सम्झिन्छिन्, यसरी ट्याक्सीलाई यता र उता घुमाउँदा चालक रिसाएर आदि बाटोमै ओराल्दिन्छु पनि भन्थे । केही समयपछि उनी आफैँले कोठा लिएर बस्न थालिन् । बिस्तारै वातावरण सहज हुँदै गयो ।

पृथ्वी थकाली ‘धर्म पिता’
दोहोरी साँझमा काम गर्दै गर्दा उनलाई गीत निकालिदिन्छु, एल्बम बनाइदिन्छुलगायतका आश्वासन दिने धेरै आए । यस्तैमध्येका एक थिए पृथ्वी थकाली । आश्वासनबाट थाकेकी उनले खासै विश्वास त गरिनन् । तर‚ पृथ्वीको सहयोगमा उनले शिव हमालसँग मिलेर ‘एकतर्फी मायाले कति पिडा दिन्छ’ गीत गाइन् । त्यसअघि उनले दोभान किनारको शब्द सङ्गीतमा ‘घर छ तीन तले’ बजारमा ल्याए पनि खासै चलेको थिएन । तर एकतर्फी मायाले उनलाई गायिकाको रूपमा चिनायो । अग्रजबाट प्रशंसा पनि पाइन् । यसैकारण उनी पृथ्वीलाई ‘धर्म पिता’ मान्छिन् ।

आखिर त्यही रुवाइ र बिछोडले नै शान्तिलाई बलियो बनायो । आमा र आफ्नो आँखाको आँसुमा नरोकिई त्यो दिन निस्किएकाले नै उनी आज एक चर्चित र लोकप्रिय गायिकाका रुपमा उभिन सकिन् । जसले बाआमालाई सुखको सास फेर्नेमात्र होइन‚ शान्तिश्री जस्तो प्रतिभा जन्माएकोमा गर्व गर्ने मौका पनि मिलेको छ ।

पहिलो स्टेज कार्यक्रम
शान्तिले मिलन लामाबाट चितवनमा लाइभ दोहोरी गाउने प्रस्ताव पाइन् । दोहोरी साँझमा गाइरहेकी शान्तिलाई एकै पटक मासमा गाउन खासै सहज थिएन । उनमा भएको असहजता उनको गायनमा झल्कियो । प्रस्तुति खासै राम्रो हुन सकेन । तर‚ कार्यक्रम सकिएपछि मिलनले उनलाई स्टेजमा कसरी गाउने भन्नेबारे धेरै कुराको जानकारी दिए । जसले उनको हौसला बढायो । त्यहि साँझ भएको कार्यक्रममा उनले गजब प्रस्तुति दिइन् । बिस्तारै उनले देश-विदेशका धेरै स्टेजहरूमा गीत गाइन् ।

प्रकाश सपुतसँगको सहकार्य
शान्तिश्री र प्रकाश सपुतको सहकार्यलाई दर्शकले औधी मन पराएका छन् । ‘बोल माया’मार्फत सुरु भएको यी दुईको सहकार्य ‘कुरा बुझ्नपर्छ’सम्म आइपुग्दा अझ बलियो बन्दै गएको छ । पछिल्लो सहकार्यका लागि ‘प्रकाशले तपाईँको लागि गीत छ है !’ भन्नासाथ आफू खुसी भएको र गीत नै नसुनी हुन्छ भनेको शान्ति बताउँछिन् ।

‘बोल माया’पछिको दर्शकको माया
‘बोल माया’ एउटा गीतमात्रै नभएर घर घरको पीडा र एक सिङ्गो चलचित्र वा उपन्याससरह रहेको मान्ने धेरै छन् । वैदेशिक रोजगारीको कहरका रुपमा रहेको अवस्थालाई सर्लक्कै उतारिएको गीत र त्यसको म्युजिक भिडिओ हेरेर आँसु नझार्ने दर्शक शायदै थिए होला । यो गीत गाएपछि उनलाई विभिन्न देशबाट म्यासेजहरू आएको उनी बताउँछिन् । एकजनाले त ‘मलाई गीतले प्रेरित गर्‍यो । अब म घर फर्किन्छु’ पनि भनेको उनले बताइन् । यो गीत चर्चित भएपछि एउटा रेडियो कार्यक्रममा अन्तर्वार्ता दिएर आएकी उनी आफ्नै अन्तर्वार्ता सुनेर चिच्याएर रोएकी थिइन् ।

सङ्घर्षको समयमै विवाह
शान्तिले पहिलो गीत रेकर्ड गर्नुअगावै विवाह गरिसकेकी थिइन् । २०६८ सालको असारमा उनले अन्तरजातीय विवाह गरेकी थिइन् । श्रीमानले हरेक पलमा साथ दिँदै आएकाले नै यो स्थानमा पुगेको उनी बताउँछिन् । कामलाई पूजा गर्ने शान्तिले छोरी पेटमा हुँदा समेत धेरै पछिसम्म काम गरिन् भने छोरी जन्मिएको ४० दिनबाट नै गायनमा फर्किएकी थिइन् । अहिले छोरी ६ महिना पुग्दै गर्दा शान्तिको व्यस्तता पहिलाको झैँ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *