जनगायक टुहुरेको अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौँ । जनवादी गायक जेबी टुहुरेको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार (आज)  निधन भएको हो ।

उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए ।

पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रदीपकुमार ज्ञवाली, वर्षमान पुन, गिरिराजमणी पोखरेल, कलाकारहरु टीका भण्डारी, विजयसुब्बालगायत पुगेका थिए ।

यो पनि : टुहुरेको पार्थिव शरीर पशुपतिमा (तस्बिरहरु)

टुहुरेको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर माओवादी केन्द्रीय कार्यलय पेरिसडाँडामा राखिएको थियो ।

कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतबाट पनि पीडित थिए ।

यो पनि : गीतबाटै चेतना र समानताको बिगुल फुक्ने जेबी टुहुरे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *