टुहुरेको पार्थिव शरीर पशुपतिमा (तस्बिरहरु)

काठमाडौँ । गायक जेबी टुहुरेको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा राखिएको छ । पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रदीपकुमार ज्ञवाली, वर्षमान पुन, गिरिराजमणी पोखरेल, कलाकारहरु टीका भण्डारी, विजयसुब्बालगायत पुगेका थिए ।

टुहुरेको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर माओवादी केन्द्रीय कार्यलय पेरिसडाँडामा राखिएको थियो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार (आज) निधन भएको हो

कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतबाट पनि पीडित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *