जेबी टुहुरेको निधनले प्रधानमन्त्री स्तब्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जेबी टुहुरेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आफ्नो आधिकारिक फेसबूकमार्फत एक स्थिति राख्दै प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

गायक टुहुरेको बिहीबार (आज) निधन भएको छ । मस्तिष्कघात भएपछि बयोधा अस्पतालमा उपचाररत टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने घोषणा गरेको थियो । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछि टुहुरेको पशुपति आर्यघाटमा आजै अन्तयेष्टि गरिने माओवादी पार्टी कार्यालयले जनाएको छ ।

टुहुरेको निधनप्रति अन्य नेताहरुले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतले टुहुरेको निधनप्रति श्रद्धासुमन अर्पन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *