भूपाल राईको ‘संघीय गीत’ देशै रमाइलो सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार भूपाल राईको शब्द र संगीत रहेको गीत ‘देशै रमाइलो’ सार्वजनिक भएको छ ।  रुपकुमार राईले गाएको तथा पविधन खालिङको संगीत संयोजन रहेको गीतले संघीय संरचनाको सुन्दर पाटोबारे  बाेलेको छ । सम्भवतः संघीय संरचनाको सुन्दर, व्यवहारिक अनि नेपालको सापेक्षताको पहिलो संघीय संरचनाको वैचारिक पाटा र पक्षहरु समेटिएको यो पहिलो भएको राईले बताए ।

यो गीत करिब १८/१९ वर्षअगाडि रेकर्ड भएको हो, त्यतिबेला देशमा सशस्त्र विद्रोह उत्कर्षमा पुग्दै थियो । जुन समय समाजको विभिन्न विभेद तथा उत्पीडनको अन्त्य र राज्य पुनर्संरचना गरी देश संघात्मक व्यवस्थामा जानुपर्दछ भन्ने मुद्दा जबर्जस्त स्थापित हुँदै थिए । त्यो त नेपालमा संघीय राज्य स्थापना भएर कार्यान्वयनको तहमा आएपनि नेपालको सापेक्षतामा संघीय संरचनाहरुको कार्यान्वयन अझै पनि व्यवहारिक र वैज्ञानिक हुन नसकेको भनेर असन्तुष्टि पनि ब्यक्त हुने गरेको छ।

गीतले त्यही व्यवहारिक र वैज्ञानिक संरचनाको वकालत गरेको गीतकार राईको भनाइ छ । ‘साहित्य, गीत/संगीत सस्तो मनोरन्जनको माध्यम मात्र होइन, विचार र चेतना सम्प्रेषण गर्ने सशक्त माध्यम पनि हो । त्यसैले पुरानो गीत तर, नयाँ विचारप्रधान गीत सार्वजनिक गरिएको हो’ उनले भने ।

ओजस फिल्मस स्टूडियोका नरोत्तम पाण्डेले सम्पादन गरेको यो गीतलाई वैचारिक चेतना भएका, सचेत र अग्रगमनका पक्षपाती नागरिकले मन पराउने विश्वास गरेको पनि  गीतकार राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *