वातावरण संरक्षणका लागि रिचार्ज पोखरी अभियान

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गरेको छ । वातावरण संरक्षणका लागि भन्दै गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गरेको हो ।

चौरपाटी गाउँपालिकाले तीन वर्ष अघिदेखि यो अभियान संचालन गर्दै आएको छ । वातावरण संरक्षण गर्न गाउँपालिकाले अभियानको सञ्चालन गरेको हो । ‘३६४ दिन आफ्नो कामको लागि उठौं, एक दिन वातावरण संरक्षणका लागि जुटौं’ भन्ने नाराका साथ रिचार्ज पोखरी वर्ष मनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी दिए । पालिकाभर ७ हजार ५० बढी रिजार्ज पोखरी निर्माण गरिएका छन् ।

वर्षभरी आफ्नो व्यक्तिगत काम गरे पनि एक दिन वातारण संरक्षणका लागि काम गरेमा प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर र चराको संरक्षण हुने भएकाले गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले बताउँछन् । रिचार्ज पोखरी निर्माण गरे तत्काल यसको फाईदा नदेखिए पनि विस्तारै यसको सकारात्मक प्रभाव देखिने विज्ञहरुको भनाई छ ।

पानीको मुहानमाथि पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाडाँमा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीको अभाव नहुने भएकोले पनि खेतीको संरक्षणमा समेत टेवा पुग्ने रिजार्च पोखरी निर्माणका अभियान्ता डा. चिरिन्जीवी भट्टराईले बताए । चौरपाटी गाउँपालिकाले तीन वर्ष अघिदेखि सुरुवात गरेको अभियानले साना-ठूला रिचार्ज पोखरी गरी सात वटै वडामा ७ हजार ५० बढी रिजार्ज पोखरी निर्माण गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *