सिद्धार्थ बैंकका ग्राहकलाई पोखराको बर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
२०८३ साउन ८ गते

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब लेकसाईड पोखरास्थित बर पिपल रिसोर्टका विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र बर पिपल रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा उक्त छुटको सुविधा पाउने भएका हुन् ।
सम्झौता अनुसार रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस सहकार्यले ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै नगदरहित (क्यासलेस) कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ।
२०८३ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








