आइतबारको क्याम्पनोउ : उनको जर्सी हुनेछ, उनको गीत हुनेछ तर‚ मेस्सी हुने छैनन्

काठमाडौँ । हालसालै बेलायती प्रसिद्ध अखबार दी गार्जियनले मेस्सीबारेको एक समाचार छाप्यो । समाचारमा मेस्सीको बहिर्गमनपछि आउने विशाल खाडलको चर्चा गरिएको छ । ‘धेरै कठिन क्षणहरू, हारहरू थिए । तर, अर्को दिन तालिममा गइन्थ्यो ।

अर्को खेल र अर्को अवसर हुन्थ्यो’, गार्जियन पत्रकार सिद लोवेले मेस्सीलाई उद्धृत गर्दै लेखेका छन्, ‘तर, अब त्यो समय फर्केर आउने छैन ।’ खासमा मेस्सीको खेल जीवनमा मात्रै हाेइन बार्सिलोनाको खेल जीवनमा पनि एक विशाल खाडल बन्ने नै छ -मेस्सीको बहिर्गमन ।

यस्तै कोणमा फुटबल वृत्तमा चर्चा परिचर्चा सुरु भएको छ । आइतबार बार्सिलोनाले रियल सोसिडाडसँग खेल्दैछ । तर, सन् २००५ पछि पहिलोपटक यी दुई क्लब खेल्न लागेका हुन् ।

याे पनि : विश्व, युरोप र बार्सामा मेस्सीका कीर्तिमानहरू

मेस्सीलाई बार्सिलोनाका समर्थक र खेलाडीले समेत बिदाइमा गुडबाई भन्न पाएनन् । उनको अन्तिम ६७२औँ गोल मात्रै ६७२ दर्शकको अगाडि भएको थियो । मेस्सीले ६७२ गोलमात्रै गरेनन्‚ २०६ गोलका लागि अवसर सिर्जना (असिस्ट) पनि गरेका थिए । अब १८ महिनापछि २९,८०३ दर्शक बार्साको रंगशाला क्याम्प नोउमा आउँदैछन् । तर‚ त्यो खाली हुनेछ । त्यहाँ मेस्सीको जर्सी हुनेछ । मेस्सीको गीत हुनेछ । तर, मेस्सी हुनेछैनन् ।

१७ सिजन खेलेर मेस्सी स्पेनिस फुटबलबाट बिदा भएका छन् । जाभी, इनिएस्टा, रोनाल्डीन्होजस्ता महान् खेलाडीहरू बार्सामा थिए । तीमध्ये पनि धेरैले सम्झिने नाम मेस्सी नै छ । धेरै बार्सिलोना समर्थकले मेस्सीले पीएसजीको जर्सी लगाएर खेल्दा आफूलाई असहज भएको प्रतिक्रिया दिएका छन् ।

थप : अर्थको अभावमा बार्साको शिरबाट उम्किएको ताज

अब मेस्सीको बहिर्गनपछि उनको जस्तो क्लबका गतिविधिको चर्चा विश्वका सञ्चारमाध्यममा नहुने बार्सिलोनाका समर्थकको दुखेसो छ । त्यहि भएर दी गार्जियनले मेस्सीको बहिर्गमनपछि बार्सामा ठूलो खाडल भने हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *