महाकाली नदीमा पुरुषको शव भेटियो, जयसिंहको हुनसक्ने आशंका

धनगढी । महाकाली नदीमा एक पुरुषको शव भेटिएको छ। नदीमा कञ्चनपुरसँग सीमा जोडिएको भारतको टनकपुरतर्फ एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शिद्धराज न्यौपानेले जानकारी दिए ।

भेटिएको शव दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको हुन सक्ने आशंका गरिएको छ । डीएसपी न्यौपानले शव भेटिएपछि दार्चुला प्रहरीसँग जयसिंहको हुलिया मागिएको बताए ।

उनका अनुसार शवको पहिचानका लागि नेपाल प्रहरीले भारतीय सुरक्षा बलसँग समन्वय गरिरहेको छ । ‘शव नेपालीको हो वा भारतीय नागरिकको हो भनेर नै पुष्टि भएको छैन,’ उनले भने, ‘अहिले नै जयसिंह नै हुन सक्छन् भनेर आशंका पनि गर्न सकिँदैन ।’

यही साउन गने दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । भारतीय एसएसबीले तुइनको डोरी निकालिदिएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *