फलफूलको जंगल बनाउने सेफ भन्छन्- खेतदेखि पेटसम्मको खाना सन्तुलित हुनुपर्छ

काठमाडौं । सेफहरु खाना बनाउन सिपालु हुन्छन् । तर, इक्वेडरको सामुद्रिक तट पोएर्तो कायो क्षेत्रका एक सेफ भने खानपिनका लागि आवश्यक फलफूलको जंगलै बनाउन सक्रिय भएका छन् । सेफ रोद्रिगो पाचेको यो अभियानमा लागेको नौ वर्ष पुगेको सीएनएनले जनाएको छ । दीगो र वातावरणमैत्री विकासको अवधारणामा खाद्यान्न उत्पादन पनि पर्ने भन्दै पाचेको यो अभियानमा लागेका छन् ।

यो काम गरेबापत उनी गत वर्ष संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको सद्भावनादूत बने । फलफूको जंगल बनाउन सक्रिय उनले प्रयोग गरेको प्रविधि र तौरतारिका पनि आदिवासी संस्कृतिसँग जोडिएको छ । जलवायु परिवर्तनसँग जुध्न यो धेरै महत्वपूर्ण तरिका भएको उनले बताएका छन् । खेतदेखि पेटसम्मको खाना सन्तुलित र स्वस्थ्यकर हुनुपर्ने उनले बताउँदै आएका छन् ।

उनले एभोकाडो, मेवा, भुइँकटहर, फर्सी, खुर्सानी लगायतका फलफूल तथा तरकारी लाएका छन् । यसमा उनले आदिवासी पद्धति प्रयोग गरेका छन् । केही समय अगाडि केराको बोटबाट तरल खाने पाइप बनाएको देखेर आफूमा यस्तो सोच आएको उनी बताउँछन । अहिले उनले केराकै बोटबाट बनेको पाइप ४० हजारभन्दा धेरै बनाएका छन् । उनले आफ्ना ग्राहकहरुलाई त्यहीबाट सेवा दिन्छन् ।

उनले प्लास्टिक स्ट्र प्रतिबन्ध नै लगाएका छन् । प्लास्टिकका वस्तुलाई विकल्प दिन कृषि उत्पादनका सामाग्रि धेरै उपयोगी हुने उनले बताएका छन् । विश्वमा एक हजार प्रजातीका खानेकुरा भएपनि प्रयोगमा भने २० हाराहारी मात्रै भएको भन्दै उनले आफूले यो मात्रा बढाउने सिएनएनलाई बताएका छन् । यस्तै, विश्वको एक तिहाइ भाग मरुभुमीकरणले समस्यामा परेको भन्दै मरुभुमि क्षेत्रलाई सदुपयोग गरेर खेती गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *