यी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ का १२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भोलि प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा भइरहेको क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *