अमरेशकुमार सिंहलाई कारबाही गर्न देउवालाई १२ नेताको पत्र (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै उनकै गृह जिल्ला सर्लाहीका १२ जना नेताले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सिंहले सर्लाहीमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बुधबार साँझ बालुवाटार पुगेर देउवालाई सांसद पदबाट राजीनामा बुझाएका थिए ।

सिंहले राजीनामा सभामुखलाई बुझाउने व्यवस्था छ । सिंहले माग पूरा नभए सभामुखलाई राजीनामा दिने चेतावनी दिइरहेका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले पार्टीविरूद्ध काम गरेको आरोप लगाउँदै प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायत सर्लाहीका १२ नेताले देउवालाई बिहीबार पत्र पठाएका हुन् ।

सिंहले नै रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनसनमा राखेको आरोप छ । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा राय आमरण अनसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =