खुकुलो निषेधाज्ञा, चलायमान उपत्यका (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनको चाप ह्वात्तै बढेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)मा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएसँगै सवारीकाे चाप बढेको हो ।

निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सञ्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएको छ । बिहानैदेखि उपत्यकामा कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।

यो पनि : निषेधाज्ञा आजदेखि थप खुकुलो, के-के खुल्छन् ?

मुख्य सडकका केही चोकमा जाम देखिएकाे छ भने भित्रि सडकमा पनि सवारी बाक्लिएका छन् । पसलहरुमा किनमेल गर्नेको भीड पनि बढेको छ । हेरौं उपत्यकामा देखिएको सडक र सवारी :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *