निषेधाज्ञा आजदेखि थप खुकुलोः के-के खुल्छन् ? (निर्णयसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिएको छ । आइतबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अब निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन पाउनेछन् । जसअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न पाइनेछ भने सोही बार नै अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल बिहान ११ देखि ४ बजेसम्म खुल्न पाउनेछन् । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्न सकिने पराजुलीले जानकारी दिए ।

त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँगसम्बन्धी सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरी न्युनतम जनशक्तिमात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै अनलाइन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कसप साझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

  • हेर्नुहोस् निर्णयहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *