गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सुझावपत्र- समय संवेदनशील छ, सोचेर बोल्नोस्

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अहिलेको समय संवेदनशील भएकोले सोचेर चल्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव पत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले आलोचित हुन एक भ्रम काफी भएकोले सही निर्णय गर्नसमेत सचेत गराएका हुन् ।

संघीयतापछि कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका पोखरेलाई सम्बोधन गर्दै शर्माले भनेका छन्, ‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ ।’

बधाई तथा शुभकामनासहितको सुझाव पत्रमा उनले मुख्यमन्त्रीलाई छायाको पछि भन्दा पनि ऐनाको सूझाव लिनसमेत सुझाएका छन् । ‘समय संवेदनशील छ, राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ,’ शर्माले भनेका छन्, ‘त्यसैले ‘छायां’को होइन ‘ऐना’को सुझाव लिनोस् । हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गांसिन्छ । तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको । प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *