डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील देखिएन: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील नदेखिएको आरोप लगाएका हुन् ।

डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए । ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ नेता कोइरालाले भनेका छन्, ‘बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *