अर्थमन्त्रीलाई माओवादीका विभागहरूले दिए यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी नेकपा (माओवादी केन्द्र) सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आज विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् ।

मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरूले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक/सामाजिक रूपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रूपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरूको सुझाव थियो ।

अर्थमन्त्री पुनले सहभागितामूलक रूपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो ।

आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *