दोदा नदीमा डुबेर १७ वर्षीय राजेन्द्र र विजय कुँवरको मृत्यु

काठमाडौं । कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । नदीमा डुबेर बेलौरी नगरपालिका-७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीकाअनुसार नुहाउने क्रममा उनीहरू डुबेका थिए । शान्तिपुरकै समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *