दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, ३ जनासँग धरौटी माग

ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न अभियुक्तमध्ये दुई जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

ललितपुर जिल्ला अदालतले विजय राई र राजु गुरुङलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

थुनामा पठाइएका ३१ वर्षीय विजय खोटाङका र राजु गुरुङ तेह्रथुमका हुन् ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको हत्या भएको थियो।

हत्या आरोपमा पक्राउ परेका काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईसँग ७ लाख, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राईसँग ५ लाख र ३० वर्षीय सुलभ राईसँग ५ लाख धरौटी माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *