मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएका छन्।

सोही नगरपालिका–९ कोटजहारी बस्ने करिब ६१ वर्षीय नारायण खड्का मलामी गएको समयमा हिजो वैशाख १२ गते दिउँसो सो नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए।

उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको सहस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहीबार उनको खोजीकार्यको लागि उक्त स्थानमा पुगेको थियो।

दिउँसो ३ बजेदेखि खोजीकार्य गर्दा उनको शव नभेटिएपछि सो टोली आश्रित गुल्म जाजरकोटमा फर्किएको छ भने शुक्रबार बिहानैदेखि उनको खोजीकार्यमा लाग्ने पनि डीएसपी थापाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *