हेटौँडामा पाहुना लाग्न गएका ललितपुरका श्रेष्ठको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीबार साँझ मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार केदार शाहीको घरमा पाहुना लाग्न गएका ललितपुर माहालक्ष्मी नगरपालिका-८ का ५१ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो ।

बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा सुतेको कोठामा अचेत अवस्था फेला परेका श्रेष्ठलाई उपाचरका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *