जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन

काठमाडाैँ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो । हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।

हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानविन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वनजिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डको ७ वर्षपछि अर्थात २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *