पार्टीभित्र विवाद चुलिएका बेला बाबुरामले भने-‘भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ, हात मिलाउँ र बाटो लागौं’

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी विभाजन नजिकै पुगेकाे संकेत गरेका छन् ।

आइतबार राती ट्वीट गर्दै बाबुरामले भनेका छन्– ‘समयले नयाँ ध्रुविकरण खोज्दै छ, अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ हातमिलाएर आआफ्नो बाटो लागौं, हिंडिरहे फेरि भेट हुनेछ ।’
उनको भनाइले जसपा अब विभाजनको डिलैमा पुगेको कुराको संकेत गर्छ ।

जबरजस्ति पार्टि एकता गरिराख्नुभन्दा पारा मिल्नेसँग सहकार्य गर्नु ठीक हुने उनको भनाइ छ । उनले पार्टिभित्र नेता र सांसद आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको पनि उल्लेख गरेका छन् । ‘अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ। अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ।’
उनको ट्वीट–
अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयॉ ध्रुवीकरण खोज्दैछ। अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं !भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ !हातमिलाएर आआफ्नो बाटो लागौं! हिडिरहे फेरि भेटहुनेछ ।
जसपाभित्र भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष तथा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबिच बिबाद बढ्दो छ । भट्टराई र यादव पक्ष विपक्षी गठबन्धनमा र ठाकुर र महतो पक्ष अहिलेको सत्तापक्षीय एमालेसँग निकट भएपछि पार्टी विभाजनउन्मुख छ । दुबै पक्षले एक अर्को पक्षका नेतालाई कारबाही गर्ने धम्कीसहित २४ घण्टे स्पष्टिकरण सोधेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *