राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा : तरुण दल

काठमाडौं । नेपाल तरूण दलले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दलले धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामासमेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएको हो ।

‘राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको छ,’ अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =