राष्ट्रियसभा उपनिर्वाचन

माओवादी केन्द्रले भन्यो– ‘देवकोटालाई जिताऔं’

काठमाडौं । बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रिय सभा सदस्यमा विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटालाई जिताउन बागमती प्रदेश माओवादी केन्द्रले आग्रह गरेको छ ।

सोमबार माओवादी केन्द्र बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई आफ्नो मत दिई सदस्यमा जिताउन आह्वान गरेका हुन् ।

तीन नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ— ‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रिय सभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ । त्यसैले बागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख र अध्यक्ष र उपप्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

यता एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएको नेता रामबहादुर थापा ‘बादल’लाई उठाएको छ । बागमती माओवादीले भने बादललाई प्रतिगमनको मतियार बनेको आरोप लगाएको छ ।

उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । जहाँ, देवकोटा र बादल चुनावी मैदानमा उत्रिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *