‘नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए’

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बना भएको प्रतिक्रिया दिएका छन् । बहुमतको सरकार गठनको प्रयास असफल भएपछि पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले सो प्रतिक्रिया दिएको हुन् ।
केपी शर्मा ओली फेरि पनि चतुर भएको बताए । ‘जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ उनले ट्विटरमार्फत भने, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन् ।’
जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) May 13, 2021








