देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् । सभापति देउवाले बैठक दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार १४ औं महाधिवेशनको तयारी र सरकारको नेतृत्वलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । भोलि केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय समितिअघि पदाधिकारी बैठक राखिएको हो ।

कांग्रेस नेतृत्वमा सरकार बनाउने विषयमा शुक्रबार तीन दलको बैठक बसेको थियो । देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा माओवादी केन्द्र सकारात्मक देखिएको थियो भने जसपाले कुनै निर्णय गरिसकेको छैन ।

यसबीच कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ । अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन् । बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ ।

प्रतिक्रिया