चुनाव खर्चका लागि निर्वाचन आयोगले सरकारसंग माग्यो ७ अर्ब

काठमाडौं । सरकारले घोषणा गरेको आगामी बैशाखमा हुने मध्यावधि चुनाव खर्चका लागि निर्वाचन आयोगले सरकारसंग ७ अर्ब रुपैयाँ माग गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले सरकारसंग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापनमा मितव्ययिता अपनाउने कार्यविधि बनाएको पनि आयोगले जनाएको छ ।आयोगले निर्वाचनमा अधिकृत र कर्मचारी संख्या पनि न्यूनतम राख्ने

निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी संख्या पनि न्यूनतम हुने आयोगले बताएको छ ।सरकारले  आगामी २०७८ वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया