चिसो अझ बढ्यो, यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

पौष १९ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकि प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पौष २० गते (सोमबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पौष २१ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तापक्रममा कमि साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकि प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने र त्येस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया