‘पैसा चाहिन्छ, सम्झौताले हुँदैन’ [भिडिओसहित]

काठमाडौं । उखु किसानहरुले संघीय राजधानी काठमाडौंमा आन्दोलन शुरु गरेको आज ११औं दिन हो । तर, उनीहरुले भुक्तानी पाइसकेका छैनन् । योबीचमा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले १२ दिनभित्र भुक्तानी उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसपछि आन्दोलनलाई केही मत्थर बनाएका उखु किसानहरु दिनहुँ माइतीघर परिसरमै हुन्छन् । ‘हामीहरु भुक्तानी नपाएसम्म जाँदैनौं’, उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले भनेका छन्, ‘भुुक्तानी पाएपछि मात्रै हामी फर्किँन्छौँ ।’

यस्तै उनले अब सम्झौता र प्रतिबद्धता गरेर मात्रै पनि नहुने बताएका छन् । उनले भनेका छन्, ‘अब पैसा चाहियो, सम्झौताले मात्रै हुँदैन ।’

गत वर्ष पनि सरकारकै रोहबरमा उखु किसान र मिल धनीबीच सम्झौता भएको थियो । विसं २०७६ पुषमा भएको उक्त सम्झौतामा माघसम्ममा सबै भुक्तानी पाउने भनिए पनि सम्झौताअनुरुप किसानहरुले भुक्तानी पाएका छैनन् । त्यसपछि दोस्रो पटक काठमाडौंसम्म किसानहरु आन्दोलनको लागि आएका हुन् ।

भिडिओ हेर्नुस्ः–

प्रतिक्रिया