उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्नु भन्दै नेताहरुको फोन आयो : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्नु भन्दै नेताहरुको फोन आएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले सोबारे खुलासा गरेका हुन् । ‘किसानको नाममा ट्वीटरमा वकालत गर्ने । तर, मलाई फोन गरेर फलानो उद्योगी नपक्रनु भनेर भन्ने कस्तो चरित्र ?’, मन्त्री भट्टले प्रश्नसमेत गरेका छन् ।

यद्यपि मन्त्री भट्टले फोन गर्ने नेताको नाम भने खुलाएका छैनन् ।

प्रतिक्रिया