उखु किसान फेरि आन्दोलनमा : अब पुरा रकम लिएर मात्रै फर्कने !

काठमाडाैं । सरकारले बक्याैता भुक्तानीमा गाम्भीर्यता नदेखाएपछि उखु किसानहरु फेरि आन्दोलित बनेका छन् । हिजाे काठमाडाैं आएका किसानहरूले आज (आइतबार) माइतीघर मण्डलामा रिले अनशन सुरू गर्दैछन् ।

अब रकम लिएर मात्रै फर्कने उखु किसान संघर्ष समितिका संयाेजक राकेश मिश्रले जानकारी दिए । उनले मकालु खबरसँग भने, ‘हामी अब पुरै बक्याैता रकम लिएर मात्रै फर्कन्छाैँ । रकम प्राप्त नभएसम्म आन्दोलन जारी राख्नेछौँ ।’

गत वर्षकाे माघमा पनि किसानहरूले काठमाडाैं आएर माइतीघरमा प्रदर्शन गरेका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेपछि उनीहरू आ–आफ्नो घर फर्किएका थिए । सहमति भएकाे एक वर्ष पुगिसक्दा पनि सरकारले माग सम्बाेधन नगरेपछि उनीहरूले छठसम्मकाे अन्तिम समय दिएका थिए । ताेकिएकाे पछिल्लाे मितिसम्म पनि सहमति कार्यान्वयन नभएपछि उनीहरू पुनः आन्दोलनमा जुटेका हुन्।

प्रतिक्रिया