सरकारलाई उपभोक्ता हित समितिको निर्देशन : ‘एक साताभित्र उखु किसानलाई बाँकी भुक्तानी दिलाउनु’

काठमाडौं । संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक साताभित्र उखु किसानको बाँकी रकम भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आज उखु किसानको बक्यौताको विषयमा भएको छलफलमा समितिले एक साताभित्र सबै रकम भुक्तानी दिलाउन निर्देशन दिएको हो ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सबै भुक्तानी सात दिन भित्र दिलाउन र उक्त विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया