उखु किसानको पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडाैं । उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उज्यालोलाई जानकारी दिए ।

व्यापारीहरूले भुक्तानी दिनै मानेनन् भने अन्तिम विकल्पको रूपमा पक्राउसमेत गर्न सकिने निर्णय भएको प्रवक्ता बुढाको भनाइ छ ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी भएक थिए ।

उखुको भुक्तानी नपाएपछि अहिले उखु किसानले काठमाडाैंमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया