क्यामेराको लेन्सबाट उखु किसानहरुको प्रदर्शनलाई नियाल्दा [फोटो फिचर]

काठमाडौं । लामो समयदेखि आफूले उत्पादन गरेको उखुको मूल्य नपाएका उखु किसानहरुले सोमबार (आज) दोस्रो दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । करिब ९० करोड बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघीय राजधानी काठमाडौं आइपुगेका किसानहरु आज दोस्रो दिन पनि प्रदर्शनमा उत्रिएका हुन् ।

किसान संघर्ष समितिका सचिव हरेश्याम यादवका अनुसार अहिलेसम्म प्रदर्शनको लागि काठमाडौं आइपुग्ने उखु किसानको संख्या १ सयभन्दा बढी छ । ‘हामी अहिले एक सयभन्दा बढी जना छौँ । अझै साथीहरु आउँदै हुनुहुन्छ’, सचिव यादवले भनेका छन्, ‘हामी रकम नलिइ फर्किन्नौँ ।’

सरकारले गत वर्षको १८ पुषमा २०७६ माघसम्म बाँकी बक्यौता रकम मिल धनीले बुझाइसक्ने सम्झौता गरेको थियो । तर सम्झौताअनुरुप रकम नपाएपछि दोस्रो पटक आन्दोलित भएका किसानहरुले गत वर्षको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

यसैबीच किसानहरुको प्रदर्शनलाई अधिवक्ता सुरेन्द्र भण्डारी, गायक बद्री पगेंनीलगायतले ऐक्यबद्धतासमेत जनाएका छन् ।

|तस्वीरहरुः धनबल राई, मकालु खबर|

प्रतिक्रिया