उखु किसानको हलो-जुवासहित प्रदर्शन (फोटो फिचर)

काठमाडौं । चिनी उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याएका किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको छ ।

यसअघि किसानहरुले उखुको ढाँकसहित प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सरकारसित उद्याेगीसित भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने र सरकारले किसानलाइ भुक्तानी दिएर उद्याेगीसित ब्याजसहित असुल्ने मध्ये एक राेज्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया