मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै मोरक्को फिफा विश्वकपको राउन्ड १६ मा प्रवेश गरेको छ।

मंगलबार बिहान भएको खेलमा नेदरल्यान्ड्स पराजित भएसँगै प्रतियाेगिताबाट बाहिरिएको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे । भने, नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए । मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =