नायिका रेखा लिम्बूको चरित्रहत्या गर्न खाेजेको प्रति चलचित्रकर्मी महासंघको आपत्ति

धरान । धरानकी चर्चित नायिका रेखा लिम्बूको चरित्रहत्या गर्न खाेजेकोप्रति नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ ले आपत्ति जनाएको छ । नायिका लिम्बूलाई बदनाम गर्ने कुचेष्टा गर्दै अश्लील भिडियो बहिर आएको भन्दै महासंघ प्रदेश १ ले आपत्ति जनाएको हो ।

महासंघ प्रदेश १ ले एक प्रेस विज्ञप्ति जारी गर्दै केही समय अगाडिदेखि नायिका लिम्बूसँग जोडेर भिडियो म्यासेज लगायत अन्यतिर सार्वजनिक गर्दै बदनाम गर्ने प्रयास भएकोले सबै चलचित्रकर्मी जुटेर विज्ञप्ति जारी गरिएको चलचित्रकर्मी महासंघ, प्रदेश नम्बर १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

‘प्रधानले टोलीफोन सम्पर्कमा भने- ‘उनको नाम लिदै म्यासेज वा अन्यतिर फरवार्ड गरेर भाइरल गर्ने कोसिश गरिएको पाइएपछि हामीले कानूनी उपचार खोज्दै विज्ञप्ति समेत जारी गरेको हौं ।’ सामाजीक संजालमा भाएरल भइरहेको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बूको नाम जोडाएर सोसियल मिडियामा प्रचारप्रसार गरिएको प्रधानले बताए ।प्रधानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘यस्तो कार्यप्रति चलचित्रकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ति रेखा नभएको कुरा हामी पुनः स्पष्ट पार्न चाहन्छौ ।’

सोसल मिडियाको दुरुपयोग गर्दै चरित्रहत्या गर्ने कोसिश गरिएको चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का वरिष्ठ सल्लाहकार प्रेम सुब्बाले पनि निन्दा गरेको बताए । सुब्बाले २०७७-श्रावण २ गते ईप्रका धरानमा उजुरी गरिसकेको भन्दै यस्तो कार्य गर्ने अपराधिलाई छिटोभन्दा छिटो पत्ता लगाई साइबर कानुन अन्तर्गत कारबाही गरिने बताए ।

‘यसप्रकारले अरु कसैको भिडियोमा कसैको पनि नाम जोडिएर प्रचार प्रसार गरिनु निन्दनीय कार्य भएकोले आदरणीय सम्पूर्ण व्यक्तित्वहरुलाई यस्तो कार्यमा सहभागी नभई दिनहुन हार्दिक अनुरोध गर्दछौं’ चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *