इटहरीकी कशिशको व्यस्तता

काठमाडौं । कोभिड १९ का कारण लकडाउनले रोकिएको लामो समय पछि नायिका तथा मोडल कशिश दाहालका पाँच वटा म्युजिक भिडियोहरु एकै साता भित्र रिलिज भएका छन् ।

भोजपूरबाट इटहरी झरेर काठमाडौं छिरेकी कशिश पछिल्लो समय व्यस्त छिन् । संघर्षकै क्रममा रहेकी उनका केही चलचित्रहरु पनि रिलिजको तयारीमा छन् । ती चलचित्रहरु गत वर्ष नै रिलिजको तयारीमा थिए, तर कोरोनाका कारण सबै हलहरु बन्द भएकोले ती चलचित्रको रिलिज अनिश्चित बनेको छ । अब अवस्था सामान्य हुने बित्तिकै रिलिज हुन तम्तयार भएर बसेका छन् ।

पूर्वको सर्वाधिक ठूलो ब्युटी प्याजेन्ट ‘मिस पूर्वाञ्चल’ मा भाग लिएर मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी कशिश दाहाल म्यूजिक भिडियो हुँदै अहिले चलचित्रहरुमा व्यस्त छिन् । लकडाउनले असर गरेर अस्तव्यस्त बनेको अहिलेको अवस्थामा उनको व्यस्तता भने बढिरहेको छ ।

म्युजिक भिडियो बाहेक उनी रमाईलो टिभीको हास्य श्रृंखला ‘तितो पिरो’ मा पनि अभिनय गर्न थालेकी छन् । यसै साता रिलिज भएको गायिका प्रिती आले मगरको कशिश दाहाल फिचर्ड तीज गीत ‘डिस्टर्ब नगर’ लोकप्रियताको सिँढी उक्लिरहेको छ । यो गीतले एक साता भित्र करीब ५ लाख भ्यूअर्स पाईसकेको छ । उक्तः भिडियो कृष्ण परियारले निर्देशन गरेका छन् ।

त्यस्तै पहिलो भ्वाईस अफ नेपालका विजेता गायक सिडी विजय अधिकारीको गीत ‘भुलभुलैया’ मा पनि कशिशले काम गरेकी छन् । अधिकारीकै संगीत रहेको उक्तः गीत भिडियोले पनि उल्लेख्य भ्यूअर्स पाईरहेको छ । तीब्र गतिमा दर्शक संख्या बढिरहेको उक्तः भिडियोले हालसम्म करीब ३ लाख पाईसकेको छ ।

निसान एसकेको निर्देशन रहेको ‘नक्कली’ शीर्षकको अर्को तीज गीतमा पनि कशिश फिचर्ड छिन् । उक्त गीतमा दीपेन्द्र बुढाक्षेत्रीको स्वर र संगीत रहेको छ ।

कशिशले अर्को गीत चर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘मेरो छाती धडकियोस्’ बोलको गीत रहेको छ । विपिन आचार्यको संगीत र पत्रकार राज सरगमको शब्द रहेको उक्तः भिडियो साईराम पिक्चर्सबाट रिलिज गरिएको छ । भिडियो नारायण ठकुरीले निर्देशन गरेका छन् ।

चर्चित गायक रुपक डोटेलले गाएको कशिशको अभिनय रहेको ‘एक्लो जीवन’ बोलको गीत पनि यसै साता रिलिज भएको छ । शक्ति बल्लभको संगीत रहेको गीतमा कशिशले दिनेश केसीसँग अलस्क्रिन रोमान्स गरेकी छन् ।

तस्विरः कशिश दाहालकाे फेसवुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *