जुटेन सहमतिः नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक स्थगित गरिएको हो ।

यसअघि बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको र विवाद समाधानका लागि भन्दै शनिबारसम्मका लागि स्थगित गरिएको थियो । तर शुक्रबार दिनभर छलफल जारी राख्दा पनि सहमति जुट्न नसकेपछि बैठक फेरि स्थगित गर्नु परेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको बुझिएको छ । स्थायी कमिटीको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ ।

यो पनि: ओलीले छाडेनन् अडानः स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयास

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *