प्रधानमन्त्री शाह र राजेन्द्र लिङदेनबीच भेटवार्ता
२०८३ असार ३२ गते

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकको समसामयिक अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भइरहेको बताइएको छ ।
भेटवार्तामा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी छन् ।
प्रधानमन्त्री शाह र लिङदेनबीचको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा समसामयिक राजनीतिक सहकार्य तथा राष्ट्रिय मुद्दाबारे छलफल भइरहेको बताइएको छ ।
२०८३ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








